टिभी तथा इन्टरनेट सेवाप्रदायक भायनेट कम्युनिकेशनले अपग्रेड टु भायानेट अभियान ल्याएको छ। नयाँ तथा पुराना ग्राहकका लागि यो अभियान ल्याइएको कम्पनीले जानकारी दिएको छ।
इन्टरनेट र नेटटिभीको कम्बो प्याक यसमा रहेको छ। यसबाट ग्राहकलाई अतिरिक्त लाभ हुने कम्पनीको विश्वास छ।
यो कम्बो प्याकको शुरुवात १३ हजार ५० बाट शुरु हुने छ। एक वर्षका लागि तिर्नुपर्ने यो शुल्कमा नेटटिभी र ३० एमबीपिएस इन्टरनेट कनेक्शन हुने छ।
प्रयोगकर्ताका लागि नयाँ अनुभव दिलाउनेगरी नयाँ फिचर्स ल्याइएको कम्पनीले जानकारी दिएको छ। अल्ट्रासुट भन्ने यो सुविधका कारण प्रयोगकर्ताले इन्टरनेट स्पिड बुस्ट गर्ने छन्।