टेक जायन्ट हुवावेले प्रविधिकका क्षेत्रमा हुने ट्रेन्डको प्रक्षेपन गरेको छ। चिनियाँ कम्पनी हुवावेले ग्लोवल इन्डस्ट्रि भिजन सार्वजनिक गर्दै सन् २०२५सम्मका १० मेगा ट्रेन्ड सार्वजनिक गरेको छ।
प्रविधिले मानिसको दैनिकदेखि सरकारी कामसम्म कसरी प्रभावित पार्ने छ। कस्ता ट्रेन्डहरु सर्वव्यापी हुने छन् भनेर विश्लेषणसहितको उक्त भिजनमा मुख्य १० ट्रेन्डलाई छुट्टै राखिएको छ।
फाइभजी र एआई(आर्टिफिसियल इन्टेलिजेन्ट)का कारण दैनिकी नै परिवर्तन हुने हुवावेको प्रक्षेपन छ।
१सन् २०२५ सम्म रोबोट्स मान्छेको मुख्य साझेदार हुने छ। एआइ र मेटिरियल साइन्समा हुने अभुतपूर्व विकास कारण रोबोटिक्स दुनियाँ धेरै विकसित हुने उको प्रक्षेपन छ। हुवावेका अनुसार घरायासी रोबोबको संसारभर १४ प्रतिशत घरमा हुने छ।
२अबको समय मेसिन लर्निङको हुने छ। यो प्रविधिले गर्दा संसारमा हेर्ने सुन्ने र पढ्ने तरीकामा बदलाब आउने छ। फाइभजी, भिआर,एआर जस्ता प्रविधिको विस्तारले दुरी, अवरोध इतिहास हुने छन्। नयाँ शैलीको विकास हुने छ। मान्छे,ब्यापार र संस्कृतिमा यस्तो प्रविधिले व्यापक प्रभाव पार्ने छ। सन् २०२५ मा भिआर/एआर प्रयोग १० प्रतिशतले बढ्ने छ।
३ अहिले हामी प्रत्येक दिन केही न केही खोजिरहेका हुन्छौ। भन्सादेखि अफिस। गोजीदेखि निर्माणसम्म केही न केही कतै न कतै खोज्नेमा समय जान्छ। तर अबको केही समयपछि खोजी शुन्य हुने छ। अब यस्ता सामाग्री बन्ने छन् तिनले हामिलाई चाहिएका डेटा, सामग्री, सूचना आफै उपलब्ध गराउने छन्। यस्ता सन् २०२५ सम्म ९० प्रतिशत स्मार्ट डिभाइस हुने छन्।
४ इन्टेलिजेन्ट यातायात प्रणालीको विकास हुने छ। जसले गर्दा मान्छे, साधन र पूर्वाधालाई जोड्ने छ। यसबाट जाम र भीड यूगको अन्त्य हुने छ। संसारभर सन् २०२५ सम्म १५ प्रतिशत साधन स्मार्ट हुने छन्।
५ उत्पादन प्रणालीमा व्यापक परिवर्तन आउने छ। अहिले पनि संसारभर खतरानाक मानिएका काममा पनि मान्छेको प्रयोग भएको छ। अबको समय अटोमेसन तथा रोबोटिक्सले यो स्थान लिने छ। सन् २०२५ सम्म १०३ रोबोटले १० हजार कामदार प्रतिस्थापन गर्ने छ।
६ एआइ यति धेरै विस्तार हुने छ कि संसारका ठूला कम्पनीले अनुसन्धान तथा आविष्कारमा पनि यसैको प्रयोग गर्ने छन्। हुवावेको प्रक्षेपनअनुसार संसारभरका ९७ प्रतिशत ठूला कम्पनीले एआइको विस्तार गर्ने छन्।
७ सञ्चारमा अहिलेका सबै अवरोध हट्ने छन्। एआइका कारण भाषा तथा अन्य कारणले हुननसक्ने अवरोध हट्ने छ। कम्पनी र उपभोक्ता बीचको सञ्चारमा सहजता आउने छ।
८ अर्थतन्त्रको आकार नै फेरिने छ सायद। संसारभर स्मार्छ एप्लिकेशनका कारण एकिकृत सहज पहुँचको माध्यम सिर्जना हुने छ। यो हुनु भनेको विशाल सहकार्य, स्रोत साधनको बाँडफाँड र बलियो इकोसिस्टम बन्ने छ। संसारभरका ८५ प्रतिशत कम्पनीले क्लाउड प्रविधिको प्रयोग गर्ने छन्।
९ अहिलेसम्मका सबै ताररहति कनेक्सन(इन्टरनेट)को तुलनामा फाइभजी तेज हुने छ। अबको समय यसको विस्तारको हुने छ। सन् २०२५ सम्म ५८ प्रतिशत जनसंख्या फाइभजीसँग जोडिने छ।
१० र सायद कागजी शासनको युग विस्तारै पाखा लाग्ने छ। डिजिटल गभर्नेन्स विस्तार हुने छ। क्लाउडबेस प्रविधिको विस्तार सरकारी कामकाजमा पनि हुने छ। सन् २०२५ सम्म संसारभर १८० जेटबी(१ जेटबी= १ खर्ब जिबी) डेटा हुने छ।