चिनियाँ स्मार्टफोन निर्माता शाओमीले रेडमी सब–ब्राण्ड अन्तर्गतको पहिलो फ्ल्यागसिप सिरिजको रुपमा रेडमी के२० सिरिजको स्मार्टफोन– रेडमी के२० र रेडमी के२० प्रो नेपाली बजारमा ल्याएको छ ।
यी स्मार्टफोनमा चारैतिर न्यूनतम बेजेल छन्। जसमा १६.२ सीएम (६.३९) १९.५ः९ पूर्ण एचडी प्लस एमोलिड डिस्प्ले छ।
२० मेगा पिक्सेलको पप–अप सेल्फी क्यामेरासँगै, रेडमी के२० सिरिजमा स्क्रीन देखि बडीको अनुपात ९१.९% रहेको छ।डिस्प्लेमा ७औं जेनेरेशनको इन–डिस्प्ले स्क्यानर रहेको छ र कव्र्ड कर्निंग गोरिला ग्लास ५ ले दुवै फोनलाई सुरक्षित बनाएको छ ।रेडमी के२० ग्लेशियर ब्लू, फ्लेम रेड र कार्बन ब्लाक कलर भेरियन्टमा रहेका छन्।
रेडमी के२० सिरिजमा ४८ मेगापिक्सलको क्यामेरा हुने छ। ८ मेगापिक्सल टेलिफोटो र १३ मेगापिक्सल चौंडा कोणहरु सहित एआई ट्रिपल क्यामेरा रहेको छ ।
यो फोनमा ४००० एमएएच ब्याट्री रहेको छ, र निरन्तर प्रयोग गर्दा पनि २ दिनसम्म चल्ने कम्पनीको दाबी छ। ६ जीबी प्लस र्याम र १२८ जीबी मेमोरी भएको यो फोनको मूल्य ३९९९९रुपैयाँ रहेको छ।
रेडमी के२० प्रोमा क्वालकम स्न्यापड्रेगन ८५५ मोबाइल प्ल्याटफर्ममा आधारित पहिलो रेडमी फोन हो। यसमा सोनी आइमिक्स६८६ सेन्सरसहितको ४८मेगापिक्सलको एआई मुख्य क्यामेरा, ८ मेगापिक्सल टेलिफोटो क्यामेरा र १२४.८ ड्ढ फिल्ड भ्यू सहितको १३ मेगापिक्सलको अल्ट्रा–वाइड क्यामेरा रहेको छ । यो फोन दुईवटा स्टोरेज भेरियन्ट (६जीबीर१२८जीबी र ८जीबीर२५६जीबी) र तीनवटा रंगहरुमा उपलब्ध छ । ८जीबीर२५६जीबीवाला फोनको मूल्य ४९९९९ रुपैयाँ रहेको छ।