बुधवार पौने १ बजे इन्टरनेट, इन्ट्रानेट तथा केबुल सेवा प्रदायक कम्पनी सुबिसुको बालुवाटारस्थित कार्यालयमा आगलागी भयो।
सात वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले झण्डै ३ घण्टा लगाएर आगो नियन्त्रणमा ल्यायो। आगलागीले त्यहाँका केबुल तथा महत्वपूर्ण सामग्रीहरू जलेर नष्ट भएका छन्।
भोलिसम्म कम्पनीका सबै सेवा सुचारु हुने सुबिसुकी मिडिया म्यानेजर रेजिना आचार्यले जानकारी दिइन्। ‘ग्राहकलाई छिटो भन्दा छिटो सेवा दिन हामी लागि परेका छौँ, भोलि बिहानसम्म बन्ने अनुमान छ,’ उनले सेतोपाटीसँग भनिन्।
मुलत बालुवाटार र आसपासको क्षेत्रका ग्राहकको सेवा अवरुद्ध भएको आचार्यले जानकारी दिइन्। कति ग्राहकको सेवा अवरुद्ध भयो भन्ने एकीन भैनसकेको उनले जानकारी दिइन्।