सिन्धुली, रामेछाप, दोलखा र ओखलढुंगाका सबै सामुदायिक माध्यमिक विद्यालय, स्वास्थ्य संस्था र स्थानीय तहका गाउँपालिकमा ब्रोडब्यान्ड इन्टरनेट सेवा सुरु भएको छ।
नेपाल दुरसंचार प्राधिकरणले चार जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट नेटवर्क बनाई दुई वर्षसम्म निशुल्क सेवा दिन मर्केन्टाईल कम्युनिकेशनलाई जिम्मा दिएको थियो।
उक्त कामको अनुगमन परामर्शदाताबाट गरिरहेको र मर्केन्टाइलले सेवा सुरु भएको जानकारी दिएको प्राधिकरणको भनाइ छ।
तर उक्त स्थानका तोकिएका ठाउँमा यदि इन्टरनेट नचलेको भए प्राधिकरणमा फोन गरेर जानकारी दिए आग्रह गरिएको छ। ग्रामिण दुरसंचार कोषको रकमबाट उक्त आयोजना अघि बढाइएको थियो।