सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले आफ्नो पहिलो शाखा कार्यालय लन्डनमा खोलेको छ। अमेरिकाको सान फ्रान्सिस्कोमा केन्द्रिय कार्यालय रहेको फेसबुक कम्पनीले बेलायतको राजधानी लन्डनमा आफ्नो शाखा कार्यालय सोमबार खोलेको हो।
यसैबीच लन्डन शाखाका लागि फेसबुकले विभिन्न पदमा गरी ८०० जना कर्मचारीहरुको मागसमेत गरेको छ।
आफ्नो व्यवसायिक रुपमा लन्डनलाई एक महत्वपूर्ण क्षेत्रका रुपमा छनोट गरेको फेसबुक पछिल्लो समय अत्याधिक नाफा कमाउन सफल व्यवसायिक संस्था हो।
मार्क जुकरबर्गले सन् २००४ मा फेसबुक कम्पनीको स्थापना गरेका थिए। हाल विश्वका करिब एक चौथाई मानिसले फेसबुक चलाउँछन्। फेसबुक कम्पनीको आम्दानी ७१ प्रतिशतले बढेको छ।