घर वा कार्यालयमा रहेको सोफा मैलिएको छ भने त्यसलाई ५ सयदेखि १ हजार रुपैयाँमा सफा गर्न सकिन्छ। सोफा सफा गर्न राजधानीमा २ दर्जनभन्दा बढी क्लिनिङ र सप्लायर्स कम्पनीहरु छन्।
सोफा सफा गर्नका लागि सिट र फोहरको अनुसार अनुसार मुल्य तय हुने रातोपुलमा रहेको रोयल क्लिनिङ एण्ड सप्लायर्स प्रालिका संचालक कमल बहादुर थापाले बताए।
एक सिटको कम्तीमा ५ सय र बढीमा १ हजार रुपैयाँ पर्ने उनले बताए। सोफा एक सेटमा छ सिट हुन्छ । ६ सिटको बढीमा ६ हजारसम्म पर्ने थापा बताउँछन् ।
वेट एण्ड ड्राइ नामक भ्याकुम मेसिनबाट हामी सोफा धुन्छौं, थापाले भने, सोफामा रहेको धुो तानिसकेपछि केमिकलले पखाल्छौं ।
सफा गरिसकेपछि नगन्हाउने बनाउन केमिकल प्रयोग गर्ने गरेको थापाले बताए। एक सेट सोफा सफा गर्न बढीमा ३ घन्टा लाग्छ ।
यसका साथै रोयल क्लिनिङ एण्ड सप्लायर्सले घरमा काम गर्ने मानिसहरुको आवश्यकता परे त्यो पनि पुरा गरिदिन्छ।
'घर सफा गर्ने, खाना पकाउने, बगैंचा गोडमेल गर्ने, कुकुर हेर्ने, घरमा रङ लगाउने लगायतका सेवा हामी दिन्छौं, 'थापाले भने। पहिला तालिम दिएर पोख्त कामदारहरुबाट सेवा दिइने उनले बताए।
'म रामेछापबाट पढ्नका लागि काठमाडौं आएको थिएँ, पढ्ने क्याम्पस भब्य थियो, 'उनले भने,' सिसाहरु निकै फोहर थिए। '
सिसाहरु फोहर भएपछि त्यसलाई कसरी सफा गर्न सकिन्छ भनेर रोयल क्लिनिङ एण्ड सप्लायर्स स्थापना गरेको उनले बताए। उनको रोयल क्लिनिङ एण्ड सप्लायर्सले ठूला घर, कार्यालयहरुमा खट नबाँधि झुण्डिएर सिसा पखाल्ने, रङ लगाउने र सफा गर्ने कामसमेत गर्छ।
सोफा धुन, घरायसी र कार्यालयको कामको लागि थापाको रोयल क्लिनिङ एण्ड सप्लायर्स ९८५१२३९२२७ मा सम्पर्क गर्न सकिन्छ।