नेपाल कानुन व्यवसायी परिषदमा रोजगारीको अवसर खुलेको छ।
परिषदले शुक्रबार एक सूचना जारी गर्दै छौठौं र पाँचौं तहका लागि ५ जना कर्मचारी माग गरेको हो।
परिषदले अधिकृत पदको लागि दुई जना, वरिष्ठ सहायक पदमा एक जना लेखापाल एक जना र सूचना प्रविधि सहायक एक जना गरी उक्त संख्यामा कर्मचारी माग गरेको हो।
उमेर हद छैटौं तहको हकमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, पाँचौं तहको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ।
इच्छुकले असार २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर साउन १ गतेसम्म आवेदन दिन सक्नेछन्।
