स्वास्थ्य बीमा बोर्डमा रोजगारीको अवसर खुलेको छ।
बोर्डले आठौं श्रेणी अन्तर्गत १८० जना मेडिकल अधिकृत माग गरेको हो।
इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट एमबिबिएस उत्तीर्ण गरी मेडिकल काउन्सिलको प्रमाण पत्र प्राप्त गरेको हुनु पर्नेछ।
आवेदकको उमेर २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनु पर्नेछ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिदेखि ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।
