वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह-सचिव शेषनारायण पौडेलले पाएका छन्।पौडेल मन्त्रालयमा श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखामा थिए।
यसअघि पौडेल भूमि व्यवस्था विभागका महानिर्देशक थिए। सरकारले उनलाई श्रम मन्त्रालयमा सरुवा गरेको थियो। विभागको नेतृत्वमा रहँदा उनले भूमि प्रशासन सुधारका थुप्रै काम गरेका थिए। प्रविधिमैत्री भूमि प्रशासन बनाउन उनी खटेका थिए।
वैदेशिक रोजगार सेवालाई पनि प्रविधिमैत्री बनाउन पौडेललाई विभागको जिम्मेवारी दिइएको मन्त्रालयको भनाई छ।