प्रदेश लोकसेवा आयोग कर्णालीले ठूलो संख्यामा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ। आयोगले मंगलबार खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो ।
प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न सेवा समूहका अप्राविधिक/प्राविधिकतर्फको विज्ञापन प्रकाशित गरेको हो।
अप्राविधिक पाँचौं तहको खुलातर्फ ६८, महिलातर्फ १८ र आदिवासी जनजातीतर्फ ६ जनाका लागि विज्ञापन गरिएको छ।
यस्तै प्राविधिकतर्फ खुलामा २७४ जनाको माग छ।
हेर्नुहोस् माग सूची