सरकारले नेपाल दुरसंचार कम्पनी लिमिटेडमा प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्देशिका संसोधन गरेको छ। नयाँ व्यवस्थाले कम्पनीभित्रबाटै नियुक्ती हुनेका लागि पदावधिका बारेमा हेरफेर गरेकाे हाे।
अबदेखि नेपाल टेलिकममा कार्यरत रहेकै अवस्थामा काेही नियुक्त ३ वर्षपछि फेरि पुरानै पदमा कार्यरत रहन पाउने भएका छन्।
हाल टेलिकममा प्रबन्ध निर्देशक पद खाली रहेकाे छ।
याे व्यवस्थासँगै टेलिकमकै कुनै कर्मचारी प्रबन्ध निर्देशक भएर कार्यकाल सकिएपछि अहिलेकै पदमा फेरि कार्यरत रहन पाउने छन्। अहिलेसम्म प्रबन्ध निर्देशककाे पदावधि सकिएपछि अवकास लिनुपर्ने व्यवस्था थियाे।