असहाय, पिछडिएका र गरिब महिलालाई बेकरी बनाउने तालिम दिँदै आएको डीडी बेकरीले छैटौं ब्याचका लागि ‘जेन्डर लिडरसिप वर्कसप’ सन्चालन गरेको छ।
दक्षिण कोरियाको दातृ निकाय कोइकाको आर्थिक सहयोगमा दक्षिण कोरियाकै ‘एसिया वुमन ब्रिज डु रन डु रन’ संस्था र एकता बहुउदेश्यीय सहकारी संस्थाले तीन वर्षदेखि महिलालाई बेकरी बनाउने तालिम दिँदै आएको छ।
यी संस्थाको संयुक्त आयोजनामा हालसम्म ६ वटा ब्याच प्रशिक्षिति भइसकेका छन्। छैटौं ब्याचका लागि यसै साता जेन्डर लिडरसिप वर्कसप’ ‘जेन्डर लिडरसिप वर्कसप’ सन्चालन गरिएको हो। यसपटक १८ जना महिला प्रशिक्षण सहभागी भएको डीडी बेकरीकी अर्पणा सिलवालले जानकारी दिईन्। ‘तालिमबाट निस्किएका अधिकांश महिला बेकरीकै काममा संलग्न छन्’, अर्पणाले भनिन्।
महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउन कोइकाको सहयोगमा बेकरी बनाउने तालिम दिइन थालिएको हो। तालिमपछि आफै बेकरी सन्चालन गर्न चाहनेलाई एकताले रिन समेत उपलब्ध गराउने गरेको छ।
हालसम्म पाँचवटा ब्याच तालिम सकेर काम गरिरहेको डीडी बेकरीले जनाएको छ। डीडी बेकरीको आफ्नै क्याफे र बेकरी बनाउने कारखाना पनि छ।
हरेक ब्याचमा १५ देखि २० जनासम्मलाई तीन महिना बेसिक र त्यसपछि तीन महिना एडभान्स तालिम दिइने गरेको छ।
‘ नियमित तालिमभन्दा केही फरक होस र उनीहरुलाई जिवनमा काम लागोस भनेर हामीले बेसिक तालिमको अन्त्यतिर लैंगिक समानता तथा नेतृत्वबारे प्रशिक्षण पनि सन्चालन गर्दै आएका छौं’, अर्पणाले भनिन्।
तालिममा खुल्ला प्रतिस्पर्धाबाट छनोट गरी निशुल्क तालिम दिईने गरेको छ।