जनपथ प्रहरीतर्फ सात हजार पदका लागि आवेदन खुलेको छ। जसमा जनपथले प्रहरी निरीक्षक इन्स्पेक्टरतर्फ एक सय आठ आवेदन मागेको छ भने सहायक निरीक्षक (असई) तर्फ पाँच सय चौबिस मागेको छ।
यसैगरी प्रहरी जवानतर्फ ६ हजार २ सय ४४ पदका लागि पनि आवेदन माग गरेको छ।
त्यस्तै प्रहरीले भान्सेका लागि ३ सय २० जना मागेको छ भने हजामको लागि १५ जनाको माग गरेको हो।
सबै पदमा खुल्ला तथा समावेशी कोटासहित माग गरिएको आवेदनमा सिलाइबुनाइ(१२ जना), कुचिकार(१४ जना)), मोची(९ जना), खेलाडी (३०)हरूको समेत आवेदन माग भएको छ।
इन्सपेक्टर, असई तथा प्रहरी जवानसहितका सबै पदहरूका लागि फारम बुझाउने अन्तिम मिति असोज १८ गते देखि कार्तिक २९ गतेसम्म तोकिएको छ। इन्सपेक्टर र सईका आकाक्षींहरूले काठमाडौंको रानी पोखरी, विराटनगर, जनकपुर, हेटौडा, पोखरा, दाङ, सुर्खेत र दिपायलस्थित प्रहरी कार्यालयहरूमा फारम बुझाउनुपर्नेछ।
प्रहरी जवानमा आवेदन दिनेहरूले भने महानगरिय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरको साथमा प्रदेश प्रहरी तालिम केन्द्रहरूमा बुझाउनुपर्ने छ।
प्रहरीले १ नम्बर प्रदेशका लागि विराटनगरलाई तोकेको छ भने २, ३ ,४, ५ ६ र ७ का लागि क्रमश: जनकपुर, दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत र दिपायल तोकेको छ। यसकासाथै सबै जिल्लाका प्रहरी कार्यलयमा पनि आवेदन फारम बुझाउने व्यवस्था गरेको छ।
इन्सपेक्टरतर्फ फारमाका लागि इक हजार दस्तुर तोकेको छ जसमा कोटातर्फ आवेदन दिनेले थप २० प्रतिशत दस्तुर प्रतिसमूह तिर्नुपर्नेछ।
यस्तै सईमा आवेदन दिनेहरूलाई ३ सय तोकिएको छ भने कोटा तर्फ २० प्रतिशत प्रतिसमूह दिनुपर्नेछ।
प्रहरी जवानका लागि १ सय ५० र अरू पदका लागि सय तोकिएको छ। उनीहरूले पनि कोटा हन्तरगतका समूहमा प्रति समूह २० प्रतिशत अतिरिक्त शुल्क बुझाउनुपर्नेछ।