श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले देशभित्रका सबै रोजागरीका अवसरको सुचना एउटै प्रणालीबाट आउनुपर्ने बताएका छन्। रोजगार सुचना केन्द्रको एकिकृत जब पोर्टलको मोबाइल एप्लिकेशन सार्वजनिक गर्दै मन्त्री विष्टले रोजगारीका अवसर एकै ठाउँबाट आउँदा रोजगार दाता र रोजगारी खोजिरहेकालाई लाभ पुग्ने बताए।
लोकसेवा आयोगले निकाल्ने सुचनादेखि निजी क्षेत्रका प्रतिष्ठान सबैले एउटै प्रणालीबाट सुचना निकाल्नुपर्ने बाध्यात्मक व्यवस्था लागू गर्ने बारे छलफल भइरहेको उनले जानकारी दिए। सुन्दाखेरी राज्यको हस्तक्षेप देखिएपनि यसले रोजगारी र उत्पादकत्वलाई बढावा दिने उनको भनाइ छ।
अहिलेको सुचना प्रणाली सबैले अनुकल माध्यमबाट गर्ने गरेको जसबाट रोजगारी खोजिरहेकालाई पनि अन्यौल हुने र रोजगारदाताले पनि खोजेजस्तो नपाउने बाध्यता रहेको उनको भनाइ छ।
‘सकेसम्म एउटा रोजगारी सुचना केन्द्र बनाउने र त्यसलाई सबैको पुहुँचमा ल्याएर सबैले त्यहीबाट सुचना दिँदा दुवै पक्षलाई लाभ हुन्छ’ उनले भने,‘झट्ट सुन्दा हस्तक्षेपजस्तो लागेपनि यसले सबैको हित गर्छ, यसबाट पहिलो लाभ रोजागरीको सुचना नपाएर हैरान युवालाई राहत मिल्छ भने रोजगारदाताले धेरैभन्दा धेरैबाट खोजेजस्तो कामदार पाउछन् आखिर लाभ सबैलाई हुन्छ।’
कोरियान सहयोग नियोग, अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा संचालनमा आएको जबखोज डटकम वेवसाइट र मोबाईल एप सार्वजनि कार्यक्रममा बोल्दै विष्टले यस्ता प्रविधि सबै जनताको पहुँचमा पुग्ने हुनुपर्ने औल्याए।
यो वेवसाइट र एपमा रोजगारदाताले आवस्यक जनशक्तिको विवरण त्यहाँ दिन्छन्। त्यस्तै कामको खोजिमा रहेकाले पनि आफ्नो योग्यतासहितको जानकारी दिन्छन्।