सरकारले चिया उद्योगमा सका मगर्ने श्रमिकहरुका लागि आधारभुत तलब निर्धारण गरेको छ। श्रम ऐन २०७४ र नियमावली २०७ अनुसार श्रम रोजगार तथा सामाजिकसुरक्षा मन्त्रालले न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो।
२÷२ वर्षमा पुनरावलोकन हुने यस्तो तलब स्केल उद्योगी, सरकार र मजदुरका प्रतिनिधि सम्मिलित समितिले निर्धारण गरेको हो।
नयाँ तलबमानअनुसार चिया बगामा का मगर्ने कामदारले भत्ता र तलब गरेर महिनामा १० हजार ७८१ रुपैयाँ पाउने छन्। जसमा तलब ६ हजार ४ सय ६९ रुपैयाँ, महंगी भत्ता ४ हजार ३१२ रुपैयाँ हुने छ।
त्यस्तै दैनिक ज्यालादारीमा काम गर्नेले महंगी भत्तासहित ३८५ रुपैयाँ पाउने छन् भने एक घण्टाको ५१ रुपैयाँ पाउने छन्।
त्यस्तै चिया उद्योगमा कामगर्ने तर बगान बाहिर सक्रिय श्रमिले महिनामा भत्ता र तलब गरी १३ हजार ४५० रुपैयाँ पाउने छन्। उनीहरुका लागि दिनमा ५१७ ज्याला र घण्टाको ६९ रुपैयाँ पाउने छन्।