ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले सलालामा रहेका नेपालीसँग अन्तर्क्रिया गरेकी छिन्।
अन्तर्क्रिया कार्यक्रममा मनोजकुमार चन्दले राजदुताबासले गरिरहेको काम तथा कार्ययोजना बारेमा नेपाली कामदारलाई जानकारी गराए।
सलालामा रहेर उद्यम गरिरहेका दुई नेपाली व्यवसायीलाई सो अवसरमा सम्मान गरिएको छ।
राजदुताबासले ओमानको कानुनभित्र रही नेपाली कामदारले पालना गर्नुपर्ने नियमहरुका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिएको थियो।
सलालामा मात्रै करिब ८ हजार नेपाली कामदार कार्यरत छन्।