साउन १ देखि मजदुरको न्युनतम तलब बढ्ने भएको छ। न्युनतम पारिश्रमिक निर्धारण समितिले मजदुरको न्युनतम तलब १३ हजार ४ सय ५० रुपैयाँ हुने सिफारिस गरेको हो।
श्रम मन्त्रालय, उद्योगी तथा मजदुरका प्रतिनिधि सम्मेलित उक्त समितिले हालको तलबमा ३ हजार ७ सय ५० रुपैयाँ वृद्धि गर्दै १३ हजार ४ सय ५० पुर्याउने सहमति गरेको हो। नयाँ तलब साउनदेखि लागू हुनेछ।
त्यस्तै यस साउनबाट रोजगारदाता तथा मजदुरको योगदान आधारमा सामाजिक सुरक्षा कोषमा समेत रकम जम्मा हुने व्यवस्था गरिएको छ।
हाल मजदुरको न्युनतम तलब ९ हजार ७ सय रुपैयाँ छ।