विमान बंगलादेशमा कार्यरत नेपाली कर्मचारीहरु आन्दोलित भएका छन्। एयरलाइन्सकाे नेपाल अफिस काठमाडौंमा कार्यरत नेपाली कर्मचारीलाई नेपाल सरकारले तोकेको सेवा सुविधा नदिएको भन्दै उनीहरु आन्दोलित भएका छन्।
नेपालको श्रम कानून अनुसार विमान बंगलादेशले सेवा सुविधा नदिएकोले आजदेखि असहयोग गर्न थालिएको त्यहाँ कार्यरत शुरेश खतिवडाले जानकारी दिए।
‘हामिले विगत ९ महिनादेखि माग राख्दा पनि हुन्छ हुन्छ मात्र भनिरह्यो तर सम्बोधन भने गरेन त्यसैले आजदेखि हामिले काममा अहसयोग गर्ने नीति लिएका हौं’ खतिवडाले सेतोपाटीसँग भने,‘आज व्यवस्थापनले वार्ताको लागि बोलाएका छ त्यसबाट केही हुन्छ की।’
विमान बंगलादेशको काठमाडौं अफिसमा १० जना नेपाली कर्मचारी छन्। उनीहरुले नेपाली कानूनअनुसार सेवा सुविधा पाउनुपर्ने माग विगतदेखि उठाउँदै आएका थिए।
एयरलाइन्सले काठमाडौं–ढाका रुटमा हप्तामा सात उडान गरिरहेको छ।