एउटा काम तर अर्कोमा श्रम स्वीकृति दिने ताहाचल कार्यालयका कर्मचारीहरुलाई स्पष्टिकरण लिइने भएको छ। बैदेशिक रोजगार विभागले आफु मातहतको कार्यालयका कर्मचारीहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।
यही असार ९ गते कुवेत जान लागेका ५ जना युवतीहरु त्रिभुवन विमानस्थलबाट फिर्ता पठाइएपछि विभागले थप अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा रिसेप्सनिष्ट काम भनेर क्लिनरमा लैजान लागिएपछि उनीहरु फिर्ता भएका थिए। उनीहरुलाई पठाउने वैभव ओभरसिजलाई पनि सचेत गराइने विभागले निर्णय गरेको छ।
विभागले कामदारुको स्टिकरसमेत रद्ध गर्ने जनाएको छ।
वैभव ओभरसिजले भने जुन कामका लागि श्रम स्वीकृति लिएको त्यही काममा महिलाहरु पठाउन लागेको प्रष्ट पारिसकेको छ। बैभब ओभरसिजले अनावश्यक रुपमा सरकारले आफूहरुलाई दुख दिएको आरोप लगाएको छ।