नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले ट्रेड युनियन अधिकार प्रति चनाखो रहन मजदुर नेताहरुलाई आग्रह गरेका छन् । नेता पौडेलले नेपाल ट्रेड युनियन कांग्रेसको छैटौ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई शुभकामना दिदै कम्युनिष्ट सरकारले ट्रेड युनियनको नारा लगाएर सत्तामा पुगेपछि सवैभन्दा पहिले ट्रेड युनियन अधिकार माथि हमला गर्ने भन्दै आफ्नो अधिकार प्रति चनाखो रहने आग्रह गरेका हुन् ।
पौडेलले मजदुरहरुको न्यूनतम ज्यालाका विषयमा चासो राख्दै मजदुरहरुको न्यूनतम ज्यालाको मुद्दा कहाँ पुगेको छ भन्दै मजदुर नेताहरुसंग जिज्ञासा राखेका थिए । मजदुर नेताहरुले न्यूनतम ज्याला हरेक दुई दुई वर्षमा पुनरावलोकनको गर्नुपर्नेमा दुई वर्ष वितिसकेको अवस्थामा पनि पुनरावलोकन हुन नसकेको बताएका थिए । भेटमा नेता पौडेलले नेपाली कांग्रेस ट्रेड युनियनलाई सम्पुर्ण रुपमा सहयोग गर्न तयार रहेको बताएका थिए ।
ट्रेड युनियनका नवनियुक्त अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियनलाई पार्टीले चुनावका बेलामा मात्र उपयोग गर्ने गरेको गुनासो गरेका थिए । उनले नयाँ संविधान सम्बन्धी धेरै ट्रेड युनियन अधिकार सम्बन्धी ऐन कानुन बन्न लागेको अवस्थामा पार्टीले मजदुर प्रेमी व्यवहार गर्न आग्रह गरेका थिए । अध्यक्ष आचार्यले सरकारले टे«ड युनियनकर्मीहरुलाई आस्थाका आधारमा विभेद सुरु गरेको भन्दै कांग्रेसले संसदमा यो विषयलाई उठाउन समेत माग गरेका थिए ।