जागिर खान अनुभव, वैदेशिक रोजगारीमा जान सीप वा आफैं कुनै व्यवसाय थालनी गर्न लगानी छैन्?
यदि यस्तै समस्या छ भने तँपाई जस्तैलाई लक्षित गरेर अब सरकारले नि:शुल्क सीप तथा रोजगारमुलक तालिम दिने भएको छ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) ले अनुभव, सीप वा लगानीको अभावमा वेरोजगार भएर बसेका युवालाई लक्षित गरेर व्यवसायिक तालिम प्रदान गर्ने भएको हो।
सिटिइभिटीले इलेक्ट्रसियन, कुक, मेसन, प्लम्बर, वेल्डर, मोटरसाइकल तथा साना सवारी साधन मेकानिकको व्यवसायिक तालिम दिने भएको हो।
दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्र्तगत ९ देखि १ वर्षसम्मको विभिन्न सीपमूलक तालिम दिन लागिएको सिटिइभिटीका उपनिर्देशक मनोज शर्मा न्यौपानेले जानकारी दिए।
यस परियोजना स्वीस सरकारको आर्थिक तथा सिटिइभिटीको प्राविधिक सहयोगमा सञ्चालित १० वर्षे कार्यक्रम हो। सन् २०१६ बाट सञ्चालित यस परियोजनाले यस वर्षदेखि विभिन्न सीपमुलक तालिम प्रदान गर्नेछ।
न्यौपानेले विद्यालय अध्ययन पुरा गर्न नसकेका, औपचारिक शिक्षा नलिएका, पिछडिएको वर्ग, वैदेशिक रोजगारीबाट फर्किएका तथा वेरोजगारलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको बताए।
‘स्वीस सरकारको आर्थिक सहयोगमा परियोजना सुरु भएको छ। यस अन्र्तगत कम पढेका, अशाक्षर, वेरोजगार लगायतलाई हरेक वर्ष विभिन्न सीप तथा रोजगारमुलक तालिम प्रदान गर्छौँ’, न्यौपानेले भने।
न्यौपानेका अनुसार यस तालिमलाई दुई खण्डमा विभाजन गरिएको छ। पहिलोमा तालिमकर्तालाई सैद्धान्तिक ज्ञान दिइनेछ भने दोश्रो खण्डमा तालिमको प्रकार अनुरुप ओजेटी (अन द जब टे«निङ) अर्थात सम्बन्धीत उद्योगमै लगेर व्यवहारिक ज्ञान तथा ‘इन्टर्नसिप’ प्रदान गरिने छ।
विषयहेरी दुई खण्डलाई यस्तो ‘इन्टर्नसिप’ ५ महिनासम्मको हुनेछ।
‘हामीले पहिले दिने गरेको तालिममा कक्षामा लगेर सिकाउने गथ्र्यौँ। तर विधार्थीले पछि काम सुरु गर्दा भिजेर वा परिपक्क भएर गर्न नसकेको अवस्था थियो। यसलाई ध्यानमा राखेर हामीले ओजेटीको अवधारणमा कार्यक्रम सञ्चालन गरेका छौँ’ उनले भने।
विषयगतरुपमा सैद्धान्तिकसँगै ओजेटीको मापदण्डले तालिम थप प्रभावकारी हुने तथा त्यसपश्चात तालिमकर्ता आफैंले व्यवसाय सुरु गर्न सक्ने वा जागिर खान सक्ने भएकाले कसैले पनि वेरोजगार रहनु नपर्ने न्यौपानेको दाबी छ।
न्यौपानेले बजारमा मेसन, कुक, प्ल्मबर, मेकानिक लगायतको माग उच्च भएपनि सोही अनुरुपको दक्ष जनशक्तीको अभाव भएकाले यी क्षेत्रलाई पहिलो प्राथमिक्तामा राखिएको बताए।
न्यौपानेले यी यी मध्ये कुनै पनि तालिम लिनेले मासिकरुपमा ५० देखि १ लाखसम्म कमाई गर्न सक्ने जनाए।
यस्तो तालिम प्रदायकका रुपमा देशभरी ३८ वटा संस्थालाई छनौट गरिएको छ। यी संस्थाहरुमा प्रशिक्षक खटाई तालिम प्रदान गरिन्छ भने हरेकलाई ६० जनासम्मको विधार्थी कोटा छुट्याइएको छ।
तालिममा सहभागी हुन इच्छुकले नागरिक्ताको फोटोकपी, पासपोर्ट साइजको दुई वटा फोटोससहित आफूलाई पायक पर्ने स्थानको संस्थामा सम्पर्क गर्न सक्नेछन्।
यस परियोजना अन्र्तगत ४० हजारलाई रोजगारी दिने सरकारको लक्ष्य छ।
तालिम प्रदायक संस्था तथा तीनको सम्पर्क नम्बरः