भारत र नेपाल आउने युरोप लगायतका मुलुकका नागरिकलाई अलग–अलग भिसा चाहिने व्यवस्था गर्नुभन्दा एउटै भिसा भए हुने व्यवस्था गर्नुपर्ने भारतीय पर्यटन मन्त्रालयका पूर्व सचिव अरविन्द सिंहले बताएका छन्।
भारतको नयाँ दिल्लीमा चलिरहेको भारत नेपाल आर्थिक सम्मेलनमा उनले यस्तो बताएका हुन्।
उनले ट्राभल प्राटोकललाई सहज बनाएमा यसको लाभ दुवै मुलुकले पाउने उल्लेख गरे।
भारतले आगामी वर्ष पर्यटन क्षेत्रमा दोहोरो अंकको वृद्धि हुने अपेक्षा गरेको छ। हाल भारतमा वार्षिक १० अर्ब पर्यटकले भारत भ्रमण गर्छन्।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले भारतमा पछिल्लो समय ताजमहल भम्रण गर्नेको संख्यालाई अयोध्यया सर्किट भ्रमण गर्ने पर्यटकको संख्याले नाघेको स्मरण गर्दै यो सर्किटलाई नेपाल तर्फ पनि विस्तार गर्नुपर्ने बताए।