बजेट स्रोत अनुमान समितिले दिएको सिलिङभित्रै बजेटको स्रोत अनुमान भएर आएको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्।
बजेटपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनी बजेट स्रोत अनुमान समितिको सदस्य समेत हुन्।
सुरूमा दिइएको सिलिङमा थप प्रगति हुने भएपछि केही वृद्धि गरिएको गभर्नर अधिकारीले बताए।
'वैदेशिक अनुदानमा केही बढोत्तरी हुने भनेर अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगलाई आश्वास्त बनाएछि सिलिङ बढाइएको हो,' गभर्नर अधिकारीले भने।
उनले अहिले प्रदेश र स्थानीय तहहरूले आन्तरिक ऋण नउठाएकाले पनि केन्द्रले कुल गाहथ्य उत्पादनको ५.५ प्रतिशतसम्म आन्तरिक ऋण उठाउन सक्छ भनेर यो सीमा दिइएको बताएका छन्।
सिद्धान्ततः जिडिपीको ५ प्रतिशतसम्म आन्तरिक ऋण उठाउन सही मानिन्छ।
हाल जिडिपी ५७ खर्ब बराबरको छ भने आगामी वर्ष यो ६३ खर्बको हुने प्रक्षेपण गरिएको छ।
आगामी आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि हुने भएकोले राजस्वको अनुमान लगायतमा जेठ १४ गते पुनरावलोकन गरिएको पनि उनले बताए।
समितिले सुरूमा माघ १५ मा सिलिङ सिफारिस गरेर पठाएको थियो भने जेठ १४ गते यसमा पुनरावलोकन गरेको हो।
आन्तरिक ऋणको भुक्तानी प्रक्रिया पनि चलिरहने भएकोल यसले बैंकिङ प्रणालीको स्रोतमा दबाब नपर्ने समेत उनले दाबी गरे।