ठूला परियोजना निर्माण गर्दा विदेशी बैंक तथा वित्तीय संस्थालाई ब्याज बापतको रकम भुक्तानी गर्दा जम्मा गर्ने अग्रिम करकट्टी घटाइएको छ।
आर्थिक विधयेक २०८१ मार्फत यस्तो कर घटाइएको हो।
विगतमा १५ प्रतिशत यस्तो कर कट्टी हुने गरेको थियो। अब भने जम्मा ५ प्रतिशत लाग्ने भएको छ।
यस्ता परियोजना विदेशी बैंक तथा वित्तीय संस्थाले सो कर पनि नेपालका निकायलाई दायित्व बढ्ने गरेको थियो। यो व्यवस्थासँगै निर्माण व्यवसायीलाई सहयोग पुगेको छ।
भन्सार बिन्दुमा आयात हुँदा गरिने अग्रिम करमा पनि संशोधन गरिएको छ।
आयात हुँदा गरिने अग्रिम कर असुलीको हकमा भ्याट नलागेको भएकोमा उठाउने अग्रिम कर बढाइएको हो।
अहिले पाँच प्रतिशत अग्रिम कर उठाउनेलाई १० प्रतिशत र २.५ प्रतिशत उठाउने हकमा पाँच प्रतिशत पुर्याइएको छ। यसको अर्थ यस्तो कर दोब्बरले बढाइएको छ।