सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब रूपैयाँको बजेट पेस गरेको छ। यसरी प्रस्तुत गरेको बजेटमा सबैभन्दा धेरै बजेट अर्थ मन्त्रालयको लागि छुट्याइएको छ।
अर्थ मन्त्रालयको लागि दुई खर्ब २२ अर्ब रूपैयाँ बजेट विनियोजन भएको छ। आन्तरिक ऋण भुक्तानीको लागि पनि अर्थ मन्त्रालयमातहत तीन खर्ब ३६ अर्ब रूपैयाँ, बहुपक्षीय वैदेशिक ऋणको लागि ४८ अर्ब ६५ करोड, दुई पक्षीय वैदेशिक ऋणको लागि १७ अर्ब २३ करोड, कर्मचारी र सेवा निवृत्त सुविधाको लागि ९३ अर्ब ५७ करोड बजेट छुट्याइएको छ। अर्थ विविधमा पनि ७५ अर्ब ९५ करोड रूपैयाँ छुट्याइएको छ।
आगामी वर्षको लागि शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षको भन्दा ३९ प्रतिशत धेरै बजेट पाएको छ। चालु आर्थिक वर्षको लागि ६६ अर्ब १७ करोडको बजेट पाएकोमा आगामी आर्थिक वर्षको लागि ९२ अर्ब बजेट पाएको हो।
युवा तथा खेलकुद मन्त्रालयले करिब २२ प्रतिशत धेरै बजेट पाएको छ। यो मन्त्रालयले तीन अर्ब ५० करोड बजेट पाएको हो।
त्यस्तै परराष्ट्र मन्त्रालयको बजेट पनि १२ प्रतिशतले बढेर एक खर्ब ५० अर्ब पुगेको छ। भौतिक पूर्वाधार मन्त्रालयले पनि १२ प्रतिशत धेरै बजेट पाएको हो। मन्त्रालयले एक खर्ब ५० अर्ब रूपैयाँ बजेट पाएको छ।
कानुन, भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको बजेट भने घटेको छ।
आर्थिक वर्ष २०८१/८२ को लागि मन्त्रालयगत विनियोजित बजेटः
मन्त्रालय (रकम करोडमा) | २०८१/८२ | २०८०/८१ |
|
अर्थ मन्त्रालय | २,२२,८६ | ४,७२७ |
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय | ९२८ | ९४५ |
उर्जा जलस्रोत तथा सिचाइं मन्त्रालय | ८,७५५ | ८,७४५ |
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय | ५४ | ७७ |
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय | ५,७२९ | ५,८९८ |
खानेपानी मन्त्रालय | २,६६३ | २,८१५ |
गृह मन्त्रालय | १९९२४ | १९४१६ |
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय | १,१९१ | १,१९६ |
परराष्ट्र मन्त्रालय | ६७७ | ६०२ |
वन तथा वातावरण मन्त्रालय | १,५७० | १,५५५ |
भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय | ६८२ | ७२४ |
भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय | १५,०५३ | १३,४३९ |
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय | १६० | १५७ |
युवा तथा खेलकुद मन्त्रालय | ३५० | २८७ |
रक्षा मन्त्रालय | ५,९८७ | ५,८८४ |
शहरी विकास मन्त्रालय | ९,२६३ | ६,६१७ |
शिक्ष, विज्ञान तथा प्रविधि मन्त्रालय | २०,३६६ | १९,७२९ |
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय | ७३५ | ८७१ |
संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालय | ९१७ | ९९६ |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय | ८,६२३ | ८,३९९ |
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय | ८०९ | ८०८ |