उद्योगले आयात गर्ने कच्चा पदार्थमा लाग्ने भन्सार महसुलभन्दा तयारी वस्तुको आयातमा लाग्ने महसुल कम्तीमा एक तह कम गर्ने भएको छ।
मंगलबार २०८१-८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।
त्यस्तै, औषधि, इन्डक्सन चुलो, धागो, हेल्मेट, अगरबत्ती, स्यानेटरी प्याड, काजु, बदाम प्रशोधन तथा स्प्रिङ पत्ता बनाउने उद्योगलाई आयातमा लाग्ने भन्सार महसुल र अन्तःशुल्क घटाइएको छ।
स्वदेशी उद्योगको संरक्षण गर्न केही वस्तुको आयातमा लाग्ने भन्सार महसुल र अन्त:शुल्क बढाइएको छ।
अब उद्योगीले नै कच्चा पदार्थको आयातमा सहुलियत लिन सक्ने र अहिले जस्तो अन्य संस्थाहरूको सिफारिस नचाहिने भएको छ।