सरकारले रेमिटेन्सको रकम उत्पादनशील क्षेत्रमा परिचालन गर्न ‘सोभरेन वेल्थ फण्ड’ स्थापना गर्ने भएको छ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।
सार्वजनिक पुर्वाधार लगानीको परिपुरकको रूपमा ‘स्पेशल पर्पस भेहिकल’ मार्फत् उपयोग गरिने भएको छ।
शाखा पुग्न बाँकी एक मात्र पालिका बझाङको साइपाल गाउँपालिकामा बैंकको शाखा पुर्याइने भएको छ।
व्याज अनुदानसम्बन्धी कार्यविधि पुनरावलोकन गरिने भएको छ।
सहुलियत पूर्ण कर्जाको लागि ११ अर्ब बजेट विनियोजन गरिएको छ।