संघीय सरकारले प्रदेशहरू लगानी विस्तार गर्नको लागि प्रदेशको आर्थिक पहिचान दिएको छ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै निजी क्षेत्रसँगको सहकार्यमा प्रदेशलाई विशिष्टकृत आर्थिक केन्द्रको रूपमा विकास गरिने उल्लेख गरिएको छ।
जसअनुसार कोशी प्रदेशलाई उद्योगको प्रदेशको रूपमा पहिचान गरिएको छ।
त्यस्तै, मधेस प्रदेशमा कृषि, बागमती प्रदेशलाई सूचना प्रविधि, गण्डकी प्रदेशलाई पर्यटन र लुम्बिनी प्रदेशलाई साना तथा मझौलाको प्रदेशको रूपमा पहिचान गरेको छ।
कर्णालीलाई जडिबुटी र सुदूरपश्चिमलाई धार्मिक पर्यटनको आर्थिक हबको बनाउने बजेटमा उल्लेख गरिएको छ।