चालु आर्थिक वर्षको फागुनसम्म २ करोड ४७ लाख १८ हजार क्युबिक फिट काठ उत्पादन भएको छ।
गत आर्थिक वर्ष निजी र राष्ट्रिय वन गरी कुल ३ करोड १८ लाख क्युबिक फिट गोलिया काठ उत्पादन भएको थियो।
चालु आर्थिक वर्षको फागुनसम्म ७७ हजार २ सय ५ चट्टा दाउरा उत्पादन भएको आर्थिक सर्वेक्षण २०८१ मा उल्लेख गरिएको छ।
गत आर्थिक वर्ष राष्ट्रिय वनबाट ४१ हजार ९ सय ९८ चट्टा दाउरा उत्पादन भएको थियो।
आर्थिक वर्ष २०७९/८० मा संरक्षित क्षेत्रसहित सम्पूर्ण वन क्षेत्रबाट ४ अर्ब ७७ करोड बराबरको राजस्व संकलन भएको थियो।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ४ अर्ब ८६ करोड राजस्व संकलन भएको छ।