नेपालमा हालसम्म कुल ४ खर्ब ७८ अर्ब ८५ करोड रूपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ।
यो अवधिमा ६ हजार एक सय ११ वटा उद्योगमा लगानी स्वीकृत भएको हो।
ऊर्जा, पर्यटन र सेवा क्षेत्रमा सबैभन्दा धेरै वैदेशिक लगानी स्वीकृत भएको हो। ऊर्जा क्षेत्रमा एक खर्ब ३० करोड ७३ लाख, सेवा क्षेत्रमा एक खर्ब ३० करोड ४४ लाख र पर्यटन क्षेत्रमा एक खर्ब सात करोड रूपैयाँ बराबरको लगानी स्वीकृत भएको हो।
पूर्वाधार क्षेत्रमा सबैभन्दा कम पाँच करोड ६६ लाख रूपैयाँ बराबरको लगानी स्वीकृत भएको छ।
यसरी वैदेशिक लगानी गर्नेमा चीन पहिलो स्थानमा छ। चीनबाट २ खर्ब १२ अर्ब बराबरको लगानी स्वीकृत भएको छ।
त्यसपछि भारतको सबभन्दा धेरै एक खर्ब ६ अर्ब रूपैयाँ बराबर लगानी स्वीकृत भएको छ।
चालु आर्थिक वर्ष २०८०/८१ मा आठ महिना (साउनदेखि फागुनसम्म)मा २ सय ५३ उद्योगमा २९ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ।
यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ४१.७ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षमा एक सय ५९ उद्योगमा २० अर्ब ५६ करोड बराबरको लगानी स्वीकृत भएको थियो।