सरकारले जेठ १५ गते (मंगलबार) आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट संसदमा पेस गर्ने भएको छ।
सभामुख देवराज घिमिरेले बजेट वक्तव्य प्रस्तुत गर्न १ बजे संसदको संयुक्त बैठक बोलाएका छन्।
सरकारले आगामी आर्थिक वर्षको लागि करिब २० खर्ब हाराहारी बजेट ल्याउने तयारी गरेको छ।
प्रतिनिधिसभाको बैठक भने साँझ ४ बजे बस्ने भएको छ।
आइतबार कांग्रेसको अवरोधका बाबजुद संसदबाट नीति तथा कार्यक्रम पारित भएको छ भने आर्थिक सर्वेक्षण र संस्थानहरूको प्रतिवेदन समेत पेस भएको छ।