राष्ट्रपति रामचन्द्र पौडेलले केरूङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन कार्य शीघ्र सम्पन्न गरिने बताएका छन्।
मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले बिजुलपुरा–बर्दिबास खण्ड तथा बथनाह विराटनगर रेलमार्ग निर्माण कार्यलाई तीव्रता दिइने पनि उल्लेख गरे।
त्यस्तै पूर्वपश्चिम विद्युतीय रेलमार्गको बर्दिबास–चोचा खण्डको निर्माण सम्पन्न गरिने बताए। रक्सौल–काठमाडौं रेलमार्गको लगानी विधि निर्क्यौल गरी कार्यान्वयन गरिने पनि उल्लेख गरे।