बञ्चरे डाँडा ल्यान्डफिल साइडको व्यवस्थापनका लागि प्रभावित क्षेत्रका सरोकारवाला समेतको सहभागितामा अधिकार सम्पन्न संयन्त्रको स्थापना गरिने भएको छ।
मंगलबार सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै बञ्चरे डाँडा ल्यान्डफिल साइडको व्यवस्थापनका लागि यस्तो नीति लिएको बताएका हुन्।
साथै, फोहोर प्रशोधन घटाउने तथा पुन:प्रयोग गरिने अवधारणा लागू गर्न प्रोत्साहित गरिने समेत उनले बताए।