सरकारले नेपाललाई ग्लोबल सूचना हब बनाउने जनाएको छ।
आगामी आर्थिक वर्षको नीति तथा कर्यक्रम प्रस्तुत गर्दै ग्लोबल सूचना हब बनाइने उल्लेख गरिएको छ।
'नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकास गरिनेछ' नीति तथा कार्यक्रममा भनिएको छ।
यसका लागि केही कार्यक्रम अघि सारिने उल्लेख गरिएको छ। आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइने, सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रूपमा विकास गर्न प्रोत्साहन गर्ने उल्लेख गरिएको छ।
काठमाडौं उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त स्थानमा सूचना प्रविधि वर्कस्टेसन गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा छ। यो कार्यक्रमबाट सुरूवातमा नै कम्तीमा ५ हजार रोजगारी सिर्जना गरिने योजना छ।
सूचना प्रविधिलाई डिजिटल रूपान्तरणको आधारको रूपमा लिई सामाजिक–आर्थिक रूपान्तरण एवम् समृद्धि हासिल गरिने उल्लेख गरिएको छ।