सरकारले कोशी, कालीगण्डकी र कर्णाली करिडोरमा १२ महिनै यातायात सञ्चालन हुने गरी काम गर्ने नीति लिएको छ।
यी करिडोरका अधिकांश खण्डमा १२ महिना नै यातायात सञ्चालन हुने गरी निर्माण कार्यलाई तीब्रता दिइएको राष्ट्रपति रामचन्द्र पौडेलले बताए।
आगामी आर्थिक वर्ष २०८१⁄८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले मध्यपहाडी लोकमार्गसँगै पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्गको निर्माण तथा स्तरोन्नती कार्यलाई तीब्रता बताए।
त्यस्तै रणनीतिक महत्वको सेती लोकमार्ग तथा महाकाली करिडोरका ट्रयाक तथा संरचना निर्माणालाई प्राथमिकताका साथ अघि बढाइने उनले बताए। गल्छी रसुवागढी स्तरोन्नतीलाई पनि निरन्तरता दिइने बताए।
त्यस्तै, तमोर कोरिडोर, भेरी कोरिडोर, सालझण्डि ढोरपाटन, सहिद मार्ग, कान्ति थप स्तरोन्तीलाई निरन्तरता दिइने भएको छ।
पौडेलले केरूङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन कार्य शीघ्र सम्पन्न गरिने बताएका छन्। उनले बिजुलपुरा-बर्दिबास खण्ड तथा बथनाह विराटनगर रेलमार्ग निर्माण कार्यलाई तिब्रता दिइने पनि उल्लेख गरे।
त्यस्तै पूर्वपश्चिम विद्युतिय रेलमार्गको बर्दिबास-चोचा खण्डको निर्माण सम्पन्न गरिने बताए। रक्सौल-काठमाडौं रेलमार्गको लगानी बिधि निक्यौल गरी कार्यान्वयन गरिने पनि उल्लेख गरे।