सरकारले आन्तरिक ऋणको प्रयोगलाई व्यवस्थित गर्ने गरी नीति लागू गर्ने जनाएको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत आन्तरिक ऋणको प्रयोगमा ध्यान दिने उल्लेख गरिएको छ।
सार्वजनिक ऋणको विवेकपूर्ण छनौट गरी अधिकतम प्रतिफल प्राप्त हुने क्षेत्रमा परिचालन गरिने उल्लेख नीति तथा कार्यक्रमा राखिएको छ।
आन्तरिक ऋणको उपयोग पुँजी निर्माण तथा उत्पादनको क्षेत्रमा मात्र गरिने उल्लेख छ। अहिले आन्तरिक ऋणको प्रयोग प्रशासनिक गतिविधिमा समेत गरिएको छ।
वैदेशिक सहायतालाई राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा परिचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतीपश्चात प्राप्त हुने अवसर एवम् विविध क्षेत्रमा पर्ने असर तथा प्रभावको विश्लेषण गरिने उल्लेख नीति तथा कार्यक्रममा छ। यसका लागि रणनीति तथा कार्यक्रम कार्यन्वयन गरिने बताइएको छ।