स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा काठमाडौंको पूर्वोत्तर क्षेत्रमा नयाँ नगर निर्माण कार्य अगाडि बढाइने भएको छ।
मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।
काठमाडौं उपत्यकाको वृहत्तर गुरूयोजनाको प्रभावकारी कार्यान्वयन गरिने भएको छ।
त्यस्तै, निर्माणाधिन नयाँ सहरलाई प्राथमिकीकरण गरेर छनोट भएका तीन सहरलाई नमूना स्मार्ट सहरको रूपमा विकास गरिने भएको छ।
क्लस्टर सिटीको अवधारणमा लुम्बिनी, पोखरा र जनकपुरमा एकीकृत सहरी पूर्वाधार निर्माण गरिने भएको छ।