सरकारले सुदूरपश्चिम प्रदेशमा मेघा फुडपार्क स्थापना गर्ने घोषणा गरेको छ।
यसका साथै कर्णाली प्रदेशमा खाद्य तथा फलफूल प्रशोधन केन्द्र स्थापना गर्ने घोषणा सरकारले गरेको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले दुर्गम तथा पहाडी जिल्लामा खाद्यन्न तथा नुनको नियमित आपूर्ति गरिने पनि बताए।
उनले गोरखामा एग्रो इन्डस्ट्रियल पार्क स्थापना गरिने समेत बताए।