सरकारले औद्योगिक उत्पादनमा प्रदूषण नियन्त्रण प्रमाण पत्र दिने व्यवस्था लागू गर्ने उल्लेख गरेको छ।
सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।
'औद्योगिक उत्पादनको क्रममा प्रदूषण नियन्त्रण प्रमाणपत्र दिने व्यस्था गरिने छ,' नीति तथा कार्यक्रममा भनिएको छ।
प्रमुख सहरहरूमा प्रदूषण मापन गर्ने व्यवस्थालाई थप प्रभावकारी बनाइने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
वातावरणीय अध्ययन प्रतिवेदन तयारी र स्वीकृतिको प्रक्रियालाई सरलीकरण गरिने उल्लेख छ।
अहिले वातावरणीय प्रभाव प्रतिवेदन स्वीकृतिमा ढिलाइ भएकोमा यसलाई छिटो गर्ने गरी व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।