सरकारले नवप्रवर्तनका कार्यक्रमको परीक्षण र स्वीकार्यताका सवालमा मापदण्ड तयार गर्ने भएको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा यस्तो उल्लेख गरिएको हो।
त्यस्तै सबै किसिमका अध्ययन अनुसन्धान स्वीकार्यताको विषयमा पनि मापदण्ड तयार गरिने उल्लेख गरिएको छ।
अध्ययन अनुसन्धानसम्बन्धी राष्ट्रिय नीति बनाइने उल्लेख पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
नीति निर्माणमा भएको दोहोरोपनालाई हटाउने गरी प्रणाली विकास गरिने पनि नीति ताथ कार्यक्रममा उल्लेख गरिएको छ।