सरकारले बन्द तथा रूग्ण उद्योग सञ्चालन गर्ने नीति लिएको छ। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो नीति लिएको हो।
सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै निजी क्षेत्र प्रतिस्पर्धी भएका गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, हेटौंडा कपडा उद्योगलगायतका बन्द तथा रूग्ण अवस्थाका सार्वजनिक संस्थान सम्भाव्यताका आधारमा सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त विधिबाट व्यस्थापन र सञ्चालन गरिने बताएका हुन्।
उनले व्यवसायिक वातावरण निर्माण गरी उद्योगी व्यवसायीको मनाेबल बढाइने पनि बताएका छन्।
छरिएर रहेका साना पुँजी एकत्रित गरी ठूला परियोजना कार्यान्वयन गर्न एवम् बन्द भएका उद्योग कलकारखाना व्यवस्थापन र सञ्चालन गर्न निजी लगानी कम्पनीलाई प्रोत्साहन गरिने सरकारको नीति रहेको छ।