सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम १६ औं अध्यावधिक योजनामा आधारित भएर ल्याएको जनाएको छ।
सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
सोमबार मात्रै मन्त्रीपरिषद बैठकले १६ औं अध्यावधिक योजना पारित गरेको छ। अर्थतन्त्रको पुनर्उत्थान, सामाजिक न्याय, तीन तहको सरकारबीचको अन्तरसम्बन्ध सुदृढ गरिने उल्लेख गरिएको छ।
संघीयता कार्यन्वयनसँग सम्बन्धित कानुन यथाशीघ्र निर्माण गरिने उल्लेख गरिएको छ।