सरकारले भ्रष्टाचार नियन्त्रणमा महत्त्वपूर्ण कदमहरू अघि सारेको दाबी गरेको छ।
सकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायमको कारण नागरिकमा राम्रो सन्देश गएको उल्लेख गरिएको छ।
सबै किसिमका भ्रष्टाचारमाथि छानबिन गरिएको उल्लेख गरिएको छ।
उच्चपदमा बस्दैमा कानुनी जवाफदेहिताबाट मुक्ति पाइन्छ भन्ने भ्रम चिर्न सरकार सफल भएको दाबी गरिएको छ।
नागरिकता, राहादानी, श्रम स्वीकृति, जगग्गा रजिष्ट्रेसन लगायातका सेवा झन्झटमुक्त भएको दाबी नीति तथा कार्यक्रममा गरिएको छ।