सरकारले सेवा प्रवाहमा व्यापार सुधार गरिने प्रतिबद्धता जनाएको छ।
सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आम जनाताले अनुभूति गर्नेगरी सेवा प्रवाहामा सुधार गरिने बताएका हुन्।
सरकारले 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय आकांक्षा पूरा गर्ने योजनासहित अघि बढेको जनाएको छ।
उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सुशासन प्रवर्द्धन, भष्टाचार निर्यन्त्रण सरकारका मुख्य प्राथमितका रहेको उल्लेख गरिएको छ।
सुशासन संस्थागत गर्न र विकास निर्माणलाई गति दिन पनि सरकार प्रतिबद्ध रहेको जनाइएको छ।