आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संसद भवन पुगेका छन्।
राष्ट्रपति पौडेललाई संसद भवनमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले स्वागत गरेका छन्।
संघीय संसदको दुवै संसदको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।
सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रसले संसद अवरूद्ध गर्दै आएको थियो।
तर कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको छ।
राष्ट्रपति पौडेलले सरकारको तर्फबाट दोस्रो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेका हुन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम १६ औं अध्यावधिक योजनाको पहिलो कार्यक्रम हो।
सरकारले १६ औं अध्यावधिक योजनाको लक्ष्य अनुसार नीति तथा कार्यक्रम तयार गरेको जनाएको छ।