उद्योग विभागले वैशाख महिनामा ११ अर्ब रूपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको छ।
विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म ३० अर्ब रूपैयाँको यस्तो लगानी स्वीकृत भएको थियो।
महिनागत रूपमा वैशाखमा चालु वर्षकै सबैभन्दा धेरै लगानी स्वीकृत भएपछि ४१ अर्ब रूपैयाँ पुगेको छ। सरकारले वैशाख १६ र १७ गते नेपालमा लगानी सम्मेलन गरेको थियो। त्यसको प्रभाव लगानी प्रतिवद्धतामा देखिएको छ।
विभागका अनुसार वैशाखमा मात्रै ३७ वटा साना तथा मझौला उद्योगमा र एउटा ठूलो उद्योगमा लगानी प्रतिवद्धता आएको छ। १० महिनाको अवधिमा भने २९० वटा साना, १३ वटा मध्यम र चार वटा ठूला स्तरको उद्योगमा लगानी प्रतिवद्धता आएको छ।
सबैभन्दा धेरै लगानी प्रतिवद्धता पर्यटन क्षेत्रमा देखिएको छ।