गत आर्थिक वर्षको चैतमा ७.७६ प्रतिशत रहेको मूल्य वृद्धि यस आर्थिक वर्षको चैतमा ४.६१ प्रतिशत छ।
यस पटक वार्षिक औसत मूल्य वृद्धि दर भने ५.९२ प्रतिशत छ। गत वर्ष यो दर ७.७४ प्रतिशत थियो।
तर यो अवधिमा मरमसला २२.६४ प्रतिशत, तरकारी १६.९९ प्रतिशत, दाल तथा गेडागुडी १०.९४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थ ७.५९ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थ ६.०६ प्रतिशतले मूल्य बढेको छ।
घ्यू तथा तेलमा १०.१० प्रतिशतले मूल्य घटेको छ। विविध वस्तु तथा सेवा १२.८१ प्रतिशत, मनोरञ्जन तथा संस्कृति क्षेत्रमा १२.६१ प्रतिशत र शिक्षामा ७.३१ प्रतिशतले मूल्य वृद्धि भएको छ। यातायात क्षेत्रमा ०.३३ प्रतिशतले मूल्य घटेको छ ।