अर्थशास्त्री अच्युत वाग्लेले सहकारीलाई अर्थतन्त्रको एउटा खम्बाको मान्यता दिन नहुने बताएका छन्।
नेपालको संविधानले तीन खम्बे अर्थनीति अन्तर्गत एउटा खम्बा सहकारी भनेको छ।
बिहीबार पूर्वबजेट छलफल कार्यक्रममा अर्थशास्त्री वाग्लेले सहकारी निजी क्षेत्र अन्तर्गत नै पर्ने भन्दै संविधान नै संशोधन गरेर तीन खम्बे अर्थनीतिको प्रवधान हटाउनु पर्ने बताएका हुन्।
उनले अहिले सहकारीको नाममा गैर सहकारी गतिविधिले गर्दा अहिले समस्या बढेको उनको भनाइ छ।
अर्थतन्त्र सुधारको लागि केही निर्णायक काम गर्नुपर्ने बताए। सबै क्षेत्रमा अहिले मनोबल बढाउने गरिका योजना आवश्यक भएको उनले बताए। राजस्वका स्रोतहरू कमजोर बनेको भन्दै सम्भावित स्रोत खोज्न आवश्यक रहेको उनको भनाइ छ।
न्यून बिजीकरणबाट हुने राजस्व चुहावट तत्काल रोक्नुपर्ने बताउँदै अहिले भन्सारबाट मात्रै वार्षिक डेढ खर्ब राजस्व गुमेको दाबी गरे।
डिजिटल अर्थतन्त्रलाई प्राथमिकतामा राखेर काम गर्न उनको सुझाव छ।
अर्थविद् विश्वास गौचनले अर्थतन्त्रमा हाम्रोमा संरचनात्मक समस्या रहेको भन्दै यसलाई वस्तारै सुधार गर्दै लैजानु पर्ने बताए।
कुनै पनि समस्या के कारणले आएको हो भन्ने निचोडमा पुगेपछि मात्रै कदम चाल्न उनले सरकारलाई आग्रह गरे। जग्गामा लगानी बढाउनु, बजेटको आकार धेरै ठूलो हुनु पछिल्लो दशकको अर्थतन्त्रको समस्या भएको उनले बताए।
उनले प्राकृतिक सम्पदाको लाभ लिनु नसकेको भन्दै सम्पदाबाट लाभ लिने गरी नीति बनाउनु पर्ने बताए।