पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा लगानी गर्न आह्वान गरेका छन्।
काठमाडौंमा आइतबारदेखि सुरू भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा बोल्दै सभापति देउवाले नेपाल सुरक्षित गन्तव्य भएकाले बताउँदै लगानीका लागि आह्वान गरेका हुन्।
पूर्वप्रधानमन्त्री देउवाले कांग्रेसकै नेतृत्वमा नेपालमा उदार अर्थनीति अवलम्बन गरी स्वदेशी र विदेशी लगानी खुलाइएको बताए।
उनले लगानीकर्ताहरूलाई धेरै कानुहरूले सुरक्षित गरे र नेपालमा उदार करनीतिहरू रहेको पनि बताए।
नेपालमा लगानी गरेका लगानीकर्ताहरूले धेरै लाभ उठएको तर्क गर्दै देउवाले नेपालको कृषि, पर्यटन, जलविद्युत, खानी क्षेत्रमा लगानी गर्ने सम्भावना भएको जानकारी दिए।
नेपालमा जनसांख्यिक लाभ भएको, भारत र चीनको ठूलो बजार रहेका कारण पनि लगानी गरेर लाभ उठाउन देउवाको आग्रह छ।
धेरै देशका लागि नेपाल लगानी गर्न राम्रो गन्तव्य रहेको उनले बताए।
लगानीको लागि एकद्वार नीति अवलम्बन गरिएको, तत्काल लगानी स्वीकृत गरिएको, सबै राजनीतिक दलहरू प्रत्यक्ष वैदेशिक लगानी संरक्षणको विषयमा एकमत रहेको सभापति देउवाले बताए।